सोमवार, चैत्र २५, २०८१
Monday, April 7, 2025
add-top

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै एवन बजार सम्पन्न

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै एवन बजार सम्पन्न

काठमाडौं । एक्टिभ उमन अफ नेपाल (एवन) बजारको २०२४ औं संस्करण यही मंसिर २२ गते शनिबार अर्थात डिसेम्बर ७, २०२४ मा सम्पन्न भएको छ । काठमाडौं स्थित सोल्टी होटलमा सम्पन्न यस यस ऐतिहासिक एवन बजारको उद्घाटन अमेरिकी राजदुत डिन आर थम्पसनले एक समारोहकाबीच गर्नुभएको थियो ।

उक्त मारोहमा साउदी अरब, ईजिप्ट र कतारका नेपाल स्थित राजदुतहरुको पनि सहभागिता रहेको थियो । यसका साथै यस संस्थामा लामो समयदेखि आवद्ध सवैभन्दा जेष्ठ अमेरिकन नागरिक ९३ बर्षीय वेटी उड्सनको पनि सहभागिता रहेको थियो । वेटी उड्सन सवैभन्दा जेष्ठ सदस्य हुनुहुन्छ । संस्थामा आवद्ध नेपाली महिलामा जेष्ठ नागरिक स्वर्गिय अम्विका श्रेष्ठ हुनुन्थ्यो । उहाँको बत बर्षमात्र स्वर्गारोहण भएको हो ।
बिभिन्न क्षेत्रमा ख्याती कमाएका नेपाका नेपाली महिलाहरुबाट प्रवर्तित यस सामाजिक संस्था एवनले विगत चार दशक यता प्रत्येक बर्ष यसैगरी बजारको संचालन गर्दै आएको छ ।


आयोजक संस्था एवनका अध्यक्ष बाबा सरकार श्रेष्ठका अनुसार एवन बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि विभिन्न क्षेत्रका प्रभावशाली व्याक्तिले आफ्नो रुचीका आधारमा गरेका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिएर बजारमा सहभागि गराईएको छ ।
बजारमा सहभागि एक सय भन्दा बढी स्टलहरुमा स्टार्टअप कम्पनी, अर्गानिक प्रोडक्ट, विभिन्न किसिमका स्थानिय उत्पादन, फेसनवेयर, हस्तकलाका सामाग्री लागयतका सामाग्रिहरु राखिएको थियो ।

यस बजारमा स्थानीय रुपमा उत्पादन गरिएका विभिन्न किसिमका आकर्षक क्रिसमस सजावटका सामाग्रीहरुका अलवा विभिन्न आकर्षक गेम तथा एक्टिभिटीहरु समेत राखिएकाले बालबालिकाहरुबीच विशेष आकर्षण बनेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस एवन बजारबाट संकलित रकम समेत एवनका च्यारिटेबल कार्यहरूमा खर्च गरिने छ ।


७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटस्ले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्थामध्ये एक हो । यद्यपी अहिले यस संस्था अमेरिकन एम्बेसीमा मात्र सीमित नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको छ ।

यस संस्थाले भूकम्प, कोभिड, वाढी, पहिरो जस्ता दैवी प्रकोपमा विभिन्न किसिमका सहयोग गरेको थियो । साथै एवनले असहाय तथा आर्थिक रुपमा विपन्न ब्याक्तिलाई ह्विल चेयर वितरण, औषधी उपचार सहयोग, छात्रबृत्ती प्रदान लगायतका कार्यहरुमा सक्रियता जनाउँदै आएको छ ।
हाल यस एवन की अनररी प्रेसिडेन्ट अमेरिकी दुतावासकी जेन क्रिल थाम्पसन रहनु भएको छ । उहाँ अमेरिकी राजदुत श्रीमती हुनुहुन्छ ।

 

विश्व