बुधबार, पुस २४, २०८१
Wednesday, January 8, 2025
add-top

मध्यरातसम्म बस्दापनि सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न बन्ने आयोगका पदाधिकारीको बिषयमा भएन सहमति

मध्यरातसम्म बस्दापनि सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न बन्ने आयोगका पदाधिकारीको बिषयमा भएन सहमति

 

काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न बन्ने आयोगका पदाधिकारी छान्न सकस परेको छ ।

१८ बर्ष अघि भएको बृहत शान्ति सम्झौतालाई तार्किक निशकर्षमा पुराउन बन्न आवस्यक ति आयोगमा आवस्यक पदाधिकारीहरुका बिषयमा दलहरुबीचको खिचातानीलाई पदाधिकारी सिफारिस गर्न बनेको समितिका सदस्यहरुले प्रतिनिधित्व गरेपछि आयोगका पदाधिकारी छान्न सकस परेको हो ।

आयोगका पदाधिकारी छान्न भनेर आइतबार मध्यरातसम्म बैठक बसे पनि सहमति जुट्न नसकेपछि आजका लागि बैठक तय गरिएको छ । ति दुवै आयोगका पदाधिकारी सिफारिसका लागि गठित उक्त समितिको पदावधि आजै सकिने भएकाले पनि अन्तिम बैठक गर्न थालिएको   छ ।

सरकारले गत कात्तिक २ गते सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा एक समिति गठन गरेको थियो।

विश्व