शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025
add-top

प्रधानमन्त्री ओलिले गभर्नर नियुक्ति नगर्ने योजना बनाएको भन्दै भावी रणनीति बनाउन काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक

प्रधानमन्त्री ओलिले गभर्नर नियुक्ति नगर्ने योजना बनाएको भन्दै भावी रणनीति बनाउन काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काङ्ग्रेसले सिफारिस गरेको ब्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर नबनाउने प्रपन्च रचेपछी भावी रणनीतिको तर्जुमा गर्न नेपाली काङ्ग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ।

बिहीबारभित्र नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्ने वचनबद्धता जाहेर गरेका प्रधानमन्त्री ओलिले नेपाली काङ्ग्रेसले सिफारिस गरेको ब्यक्तिलाई गभर्नर नबनाउने मनसायका साथ अनेकन अडचन देखाएर ढिलाढालि गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शुक्रबार पदाधिकारी बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले काङ्ग्रेसले सिफारिस गरेका डा. गुणाकर भट्टलाई गभर्नर बनाउन प्रयास गर्ने तर कथम कदाचित उनलाई कानुनी र पकृयागत समस्याका कारण नसके नेपाली काङ्ग्रेसले सुरुमा सिफारिस गरेका ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउने भन्दै काङ्ग्रेस सभापति देउवालाई हिजो बिहिवार सम्मको समय मागेर पर्खन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलिको आश्वासन पछि देउवाले प्रधानमन्त्री ओलीले बिहीबार सम्म राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने भन्दै काङ्ग्रेस भित्रकै असन्तुष्ट पक्षलाई आश्वासन गराउने गरेका थिए।

यधपी काङ्ग्रेस सभापति देउवा अहिले प्रधानमन्त्री ओलि आफ्नो मान्छेलाई गभर्नर नियुक्त गर्न लागेको निष्कर्शमा पुगेको बताइएको छ। प्रधानमन्त्री ओलिले काङ्ग्रेसले सिफारिस गरेको ब्यक्तिलाई गभर्नर नबनाउने मात्रै नभएर पुर्ती गर्ने तयारीमा रहेको निर्वाचन आयोगको प्रमुख आयुक्त समेत आफ्नो मान्छेलाई बनाउने योजना बनाएको कुरा हामीले जानकारी गराउदा सभापतिजीले सुरुमा पत्ताउनु भएन अहिले बल्ल ओलिको जाल बुझ्न थाल्नु भएको छ, नेपाली काङ्ग्रेसका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा भने अब हामि ओलिको उल्झनलाई नबुझे जसरी बसदैनौ।

विश्व