शनिबार, जेष्ठ ४, २०८२
Saturday, May 17, 2025
add-top

बिश्व पौडेल गभर्नर बन्ने निश्चित भएसंगै लगानिकर्ता उत्साहित

बिश्व पौडेल गभर्नर बन्ने निश्चित भएसंगै लगानिकर्ता उत्साहित

काठमाडौं । सिथिल बनेको अर्थतन्त्र उकास्न बिज्ञ ब्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयमा सत्ता साझेदार दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेले अर्थविद् विश्व पौडेलको नाम अघि सारेपछी निजिक्षेत्र, बिशेष गरेर शेयर बजारका लगानीकर्ता उत्साहित देखिएकाछन्।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने समझदारी बनेपछि नियुक्तको प्रक्रिया अघि बढाएको छ। श्रोतका अनुसार दुई नेताले सवै प्रक्रिया पूरा गरेर यसै हप्ता भित्रमा नियुक्ति गर्ने सहमति भएको छ।

नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने योजनाअनुसार पौडेलले गभर्नर सिफारिस समितिको सदस्य पदबाट राजीनामा बुझाइसकेका छन्। पौडेलले सोमबार अर्थमन्त्री विष्णु पौडेललाई इमेल गरी राजीनामा पेस गरेका थिए। अर्थमन्त्रालय श्रोतका अनुसार आज भोलिमै सिफारिस समिति गठन गरेर सिफारिस गर्ने योजना अन्तर्गत छलफल अघि बढाइएको छ।

गभर्नर नियुक्ति प्रक्रिया अन्तरगत चलेका अनेकन शृङ्खला अन्तर्गत पछिल्लो समयमा विश्व पौडेलको नाम आएपनी उनिनै गभर्नर नियुक्ति हुने सम्भावनामा कुनै आशन्का गर्न आवश्यकता छैन, केहि दिन भित्र यसले मुर्तरुप लिनेछ, अर्थमन्त्री निकट अर्थमन्त्रालाय श्रोतले भन्यो, यो हाप्ता भित्रमा पौडेल नयाँ गभर्नर बन्ने सम्भावना उच्च छ। अर्थतन्त्रको ऐना मानिने शेयर बजारलाई सुधार गर्न सकेमात्र समग्र अर्थतन्त्रमा सुधार आउने मान्यतालाई नयाँ बन्न लागेका गभर्नर पौडेलले बोक्ने गरेको कारण शेयर बजारका लगानिकर्तामा उत्साह आएको बताइन्छ।

बिधानत राष्ट्र बैंकका गभर्नरले अवकाश पाउनु एक महिना अघिनै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने थियो । तर सरकारले सो ब्यवस्था उल्लङ्घन गरेको मात्रै नभै गभर्नर अवकाश भएको झन्डै डेढ महिना सम्म पनि नयाँ गभर्नर नियुक्त गर्न नसकेपछि काङ्ग्रेस एमालेको बलियो भनिएको सरकारको व्यापक आलोचना हुने गरेको छ। गभर्नर कस्लाइ बनाउने बिसयमा कांग्रेस-एमालेबीच तानातानका कारण नियुक्तिमा ढिलो भएको सर्वत्र आरोप छ। जस्का कारणपनि सत्तारूढ दलहरू तत्काल गभर्नर नियुक्ति गर्ने निस्कर्शमा पुगेको बताइन्छ।

विश्व