मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

स्थानीय निकाय निर्वाचनको विरुद्धमा पेश रिटलाई सर्वाेच्च अदालतले गरिदियो दरपीठ

स्थानीय निकाय निर्वाचनको विरुद्धमा पेश रिटलाई सर्वाेच्च अदालतले गरिदियो दरपीठ

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचनको विरुद्धमा एक जनप्रतिनिधिले पेश गरेको रिटलाई सर्वाेच्च अदालतले दर्तानै नगरिदिएर दरपीठ गरिदिएको छ ।

आगामी वैशाख ३० गते निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै बुधबार महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह रिट दर्तागर्न सर्वाेच्च अदालतमा गएकोमा रजिष्ट्रार नारायणप्रसाद पन्थीले त्यो निवेदन दतानै नगरिदिएर दरपीठ गरिदिएका हुन् ।

आफूहरु २०७४ साल असोज ७ मा निर्वाचित भएकाले आफ्नो कार्यकाल २०७९ साल असोज ६ मा मात्र सकिने भन्दै मेयर साहले वैशाख ३० मा निर्वाचन गर्दा आफूले पाँच वर्ष कार्यकाल पूरा गर्न नपाउने दावी लिएर सर्वोच्च अदालत गएका थिए ।

तर रजिष्ट्रार पन्थीले ऐनको प्रावधान यथावत रहेको अवस्थामा मेयर साहले आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भनी निवेदन दर्ता गर्न खोज्नु नियमसंगत नभएको भन्दै दरपीठ गरिदिएका थिए ।

विश्व