मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

जी–२० शिखर सम्मेलन शनिबारदेखि भारतको नयाँदिल्लीमा

जी–२० शिखर सम्मेलन शनिबारदेखि भारतको नयाँदिल्लीमा

नयाँ दिल्ली । जी–२० शिखर सम्मेलन आज शनिबारदेखि भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ । सम्मेलनको लागि भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शिखर सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, चिनियाँ प्रधानमन्त्री ली छयाङ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, फ्रेन्च राष्ट्रपति इम्यान्युएल म्याक्रोन, जापानका प्रधानमन्त्री फुमिओ किसिदा, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान लगायतका उच्च नेतहरु दिल्ली पुगिसकेका छन् ।

शनिबार र आईतबारगरी दुई दिनसम्म चल्ने सम्मेलनमा ठूला अर्थतन्त्र भएका राष्ट्रका शीर्ष नेताहरूले अन्तर्राष्ट्रिय शान्ति, दीगो विकास, जलवायु परिवर्तन, डिजिटल रुपान्तरण, वित्त, व्यापार र लगानी लगायतका विषयमा छलफल गर्ने बताईएको छ ।

यसका अलवा रुस– युक्रेन युद्धका कारण उत्पन्न समस्याका बिषयमा पनि छलफल हुने यस सम्मेलनलाई विश्व जगतले नै चासोको साथ हरेको छ ।

विश्व