कठमाडौं । मोरक्कोमा शुक्रबार राती गएको शक्तिशाली भूकम्पमा परी मर्नेहरुको संख्या ८०० नाघेको छ ।
शुक्रबार राति ११ बजेर ११ मिनेट जाँदा गएको ६।८ म्याग्निच्युडको भूकम्पबाट अल–हौज र ताराउदान्ट प्रान्त बढी प्रभावित भएका छन् ।
यसका अलवा मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि भूकम्पबाट प्रभावित भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
बिभिन्न संचारमाध्यमहरुका अनुसार भूकम्पको परापक्पको भयका कारण अझैपनि त्यहाँका जनता घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । उक्त शक्तिशाली भूकम्पपछि साना–साना धेरै परापक्पका धक्का महसुस भईरहेको सञ्चार माध्यमले जनाएका छन् ।