मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

वाशिङ्टन डिसी, अमेरिका । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघको मुख्यालयमा आईतबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच जलवायु परिवर्तन, आपसी सहकार्य तथा साझेदारी, विकास र नेपालको शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको जनाईएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्ने बिषयमा पनि छलफल भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहालले बिहिबार महासभालाई सम्बोधन गर्ने र शुक्रबार त्यतैबाट चिनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालले विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे मन्तव्य दिने छन् ।

 

विश्व