मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले आज बुधबार काठमाडौमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा भएको प्रदर्शन काठमाडौंको माइतीघर मण्डलाबाट सुरुभई बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संघीय संसदमा पेश भएको विधेयकमा समावेस भएका दफा ७१ देखि ८८ सम्मका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग आन्दोलनरत शिक्षकहरुले राखेका छन् । प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग लाई शिक्षकहरुले प्राथमिकताका साथ उठाईरहेका शिक्षकले प्रदर्शनका क्रममा विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर लगायतका विभिन्न नारा नारा लेखिएका प्लेकार्ड र ब्यानरहरु बोकेका थिए ।

विधेयकमा समावेस भएका प्रावधानहरु जस्तै शिक्षकले दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरु हटाउनुपर्ने शिक्षकहरुको माग रहेको छ ।

त्यस्तै बर्षेनी सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था, स्थानीय तहले शिक्षकहरुलाई बर्खास्त गर्नसक्ने व्यवस्थाका साथै जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुनेभनी गरिएको विधेयकमा गरिएको व्यवस्थापनि खारेज हुनुपर्ने शिक्षकहरुको माग रहेको छ ।

साथै आन्दोलनरत शिक्षकहरुले अस्थायी प्रकृतिका शिक्षकहरुको आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतका मागहरुलाई पनि अघि सारेका छन् ।

विश्व