मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

भारत विरोधी र चिन समर्थक भनेर चिनिने ४५ बर्षिय सिभिल इन्जिनियर मुइज्जु मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित

भारत विरोधी र चिन समर्थक भनेर चिनिने ४५ बर्षिय सिभिल इन्जिनियर मुइज्जु मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित

 

काठमाडौं । मालदिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै आईतबार मुइज्जु नयाँ राष्ट्रपति निर्वाचित भएका हुन् ।

उनले ४५ प्रतिशत मत लिएर बिजयी भएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

प्रोग्रेसिभ एलान्यसको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार बनेका मुइज्जु ‘इन्डिया आउट’ भन्ने नारालाई मुख्य चुनावी नाराका साथ चुनाी अभियानमा जुटेका थिए ।

राजधानी मालेको मेयरसमेत रहेका मुइज्जु चीन समर्थक नेता भनेर चिनिन्छन् । सन् २०१२ बाट राजनीतिमा होमिएका उनले भारत बिरोधी नीतिलाई अख्तियारी गर्दै आएका छन् ।

सन १९७८ मा जन्मेका नवनिर्वाचित राष्ट्रपति मुइज्जुले ब्रिटेनको लिड्स युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन् ।

विश्व