मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

गाजापट्टीस्थित अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा हवाइ आक्रमण हुँदा पाँचसय जना भन्दा बढी मारिए, संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण

गाजापट्टीस्थित अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा हवाइ आक्रमण हुँदा पाँचसय जना भन्दा बढी मारिए, संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण

काठमाडौँ । युद्धग्रस्त क्षेत्र गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना भन्दा बढी नागरिकको ज्यान गएको छ ।
गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना बढी नागरिकको ज्यान गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

हवाइ आक्रमणबाट अस्पताल भग्नावशेषमा परिणत भएका कारण अन्य कैयौं नागरिक पुरिएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अस्पतालमा भएको हमलामा मारिनेमा धेरै महिला र बालबालिका रहेको जनाएको छ ।

यो हमला कस्ले गरेको हो भन्ने बिषयमा अहिले सम्म ऐकिन भईनसकेको बताईएको छ । हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ भने इजरायलले भने प्यालेस्टाइनकै अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरेको छ ।

अस्पतलका अलवा संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको छ । सो आक्रमणमा पनि कैयौं मानिसको हतामति भएको आशंका गरिएको छ ।

विश्व