मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौं। अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन्।

अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुने सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्का गए राति घाना प्रस्थान गरेका हुन्।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग र्पुयाउन सक्ने विभिन्न ९ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने बताइएको छ।

सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै सो अवसरमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ अधिकारीहरुसंग शिष्टाचार भेटघाट गर्नका साथै अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग पनि भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । यसका अलवा प्रतिनिधिमण्डलका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम पनि रहेको छ ।

 

विश्व