मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

आज राती उल्का वर्षा हुने, नेपालबाट पनि हेर्न सकिने

आज राती उल्का वर्षा हुने, नेपालबाट पनि हेर्न सकिने

काठमाडौं । आज बिहीबार राति उल्का वर्षा हुने भएको छ । नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा उल्कापात पनि भनिने उल्का वर्षालाई नेपालका जुनसुकै ठाउँबाट पनि आज मध्यरातपछि भोली बिहान सम्म सहज रुपमा हेर्न सकिने बताईएको छ ।

एक घण्टामा १०० देखि १२० वटासम्म आगोको गोलाजस्ता रंगीचंगी वस्तु आकाशबाट तलतिर खस्ने यस उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिईएको छ । यस उल्का वर्षा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको खगोलविदहरुको भनाई रहेको छ । यस उल्का वर्षालाई खाली आँखाले पनि हेर्न सकिने बताईएको छ ।

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने र पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्दा ती धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दै झर्ने प्रक्रियालाई उल्का वर्षा भनिन्छ ।

विश्व