काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७।४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । जस्का कारण ताइवान र उसका छिमेकी देशहरुमा पनि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।
ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
बुधवार गएको भूकम्प ताइवानको ईतिहासमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प भएको बताईएको छ ।