मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

मुस्लिम धर्मावलम्बीहरूको सवैभन्दा ठूलो पर्व ईद आज मनाइँदै

मुस्लिम धर्मावलम्बीहरूको सवैभन्दा ठूलो पर्व ईद आज मनाइँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको सवैभन्दा ठूलो पर्व ईद उल फित्र (ईद) आज भब्यताकासाथ मनाइँदै छ ।

ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा रहेको छ । महिना दिनसम्म व्रत र प्रार्थना गरेर मनाईने यस पर्वको आज व्रत समाप्त हुन्छ ।

चन्द्रमाको गतिका आधारमा मनाईने यस ईद पर्व चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा रहेको छ ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीहरूले नयाँ लुगा लगाउने, सेवइबाट बनेको खिर र मिठाई लगायतका खाना खाएर मनाउने प्रचलन रहेकोछ ।
ईदको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

विश्व