सोमवार, कार्तिक १९, २०८१
Monday, November 4, 2024
add-top

अमेरिकाका धेरै व्यवसायीहरूले नेपालमा लगानी बढाउन चाहन्छन् : कश्यपल

अमेरिकाका धेरै व्यवसायीहरूले नेपालमा लगानी बढाउन चाहन्छन् : कश्यपल

काठमाडौं । यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अमेरिकाका धेरै व्यवसायीहरूले नेपालमा लगानी गर्न सक्ने बताएका छन् ।

अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कश्यपले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँग भएको भेटमा भने धेरै अमेरिकी कम्पनी ठूलो लगानीसहित नेपाल आउन चाहेका छन् । उनी यही १६ र १७ गते हुन गईरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अमेरिकाका निजी क्षेत्रका प्रतिनिधिहरूको नेतृत्व गरेर आएका छन् ।

भेटका क्रममा कश्पयले अमेरिकाले सूचना प्रविधि र अन्तर्राष्ट्रिय स्तरको फन पार्क निर्माणमा लगानी गर्न अमेरिकी कम्पनीहरू इच्छुक रहेको बताएको बताईएको छ । तर उनले लगानीका लागि सरकारले लगानीमैत्रि वातावरण बनाउनपर्नेमा जोड दिएका थिए । नेपालको सरकारले लगानीका लागि वातावरण बनाउनेमा हामीहरु आशावादी छौं, कश्पयले मन्त्री पुनसँगको भेटमा भनेका थिए।

कश्पयको जिज्ञासालाईसम्वोधन गर्दै मन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएकाथिए । सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि लगानीका लागि प्रतिकूल ठानिएका ९ वटा कानूनमा परिमार्जन ल्याएको बताउदै मन्त्री पुनले नेपालमा ढुक्कसंग लगानी बढाउनका लागि आग्रह गरेका थिए ।

विश्व