मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

 उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित

 उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित
काठमाडौं । उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो ।
लसभेगासमा आइतबार बिहान भएको क्वाटरफाइनल खेलको निर्धारित समयममा खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट गरिदा उरुग्वेले ब्राजिललाई पेनाल्टीसुटआउटमा ४ २ गोलले पराजित गरेको थियो ।
उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा गोल गरेका थिए भने ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रीएल मार्टिनेलीले गोल गरेका थिए ।
फाइनल प्रवेशका लागि अब उरुग्वेल कोलम्बियासँग प्रतिस्पर्धा गर्नपर्ने हुन्छ । कोलम्बियाले पानामालाई ५ गोलले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

विश्व