सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, सामान्य चोट लागेपनि सकुसल

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, सामान्य चोट लागेपनि सकुसल

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । यद्यपी गोली लागे पनि उनी सुरक्षित रहेका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनार्वी याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

घटनास्थलका तस्वीरहरुमा ट्रम्पको काननेरबाट रगत बगेको देखिन्छ । उनको दाहिने कानको माथिल्लो भागमा चोट लागेको भएपनि कुनै खतरा नभएको जनाईएको छ ।

मरिए गोली चलाउने व्यक्ति

ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । संचारमाध्यमहरुका अनुसार सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ भने अन्य धेरै जना घाईते भएका छन् ।

चुनार्वी यालीलाई सम्वोध गर्दै ट्रम्पले करिब पाँच मिनेट बोलेपछि गोली प्रहार गरिएको बताईएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले गरे निन्दा

ट्रम्पमाथि भएको आक्रमणको अमेरिकी राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय डेलाभेयरमा रहेका बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् ।

सो घटनामा ट्रम्प सुरक्षित रहेको र उनको स्वास्थ्य राम्रो रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान नरहेको बताएका थिए । साथै उनले सबै अमेरिकीलाई एकजुट भएर यस्ता खालका आक्रमणको निन्दा गर्न आह्वान समेत गरेका थिए ।

विश्व