सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै बाइडेनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणासंगै आफ्नो समर्थन उपराष्ट्रपति कमला ह्यारिसलाई रहने घोषणा पनि गरेका छन्।

अमेरिकी राष्ट्रपति बाइडेनले आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणासंगै आफ्नो समर्थन उपराष्ट्रपति कमला ह्यारिसलाई रहने बताएका भएपनि डेमोक्रेटिक पार्टीबाट को राष्ट्रपति र को उपराष्ट्रपतिको उम्मेद्वार बन्ने भन्ने बिषयमा पार्टीले अझै औपचारिक निर्णय गरिसकेको छैन ।

उता रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेद्वारको रुपमा अघि सारिएको छ ।

गत जुनको अन्त्यमा ट्रम्प र बाइडेनबिच भएको एक चुनावी बहसमा बाइडेनको प्रदर्शन बलियो नभएको भन्दै आलोचना भएपछि डेमोक्र्याट पार्टीका नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।

“राष्ट्रपतिको रूपमा सेवा गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान हो,” अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक संजालमा लेखेका छन् “मेरो फेरी पनि सेवा गर्ने चाहना भएपनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।”

विश्व