काठमाडौँ । इजरायलले गरेको हमलामा परेर प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् । उनी हमासको पोलिटिकल ब्यूरो प्रमुख थिए ।
हमासले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ । तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा परेर उनी मारिएको जनाईएको छ ।
इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी हुन तेहरान पुगेका हानिया पछिल्लो समय कतारमा बस्दै आएको बताईएको छ ।