मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

हैजा र डेंगुको सङ्क्रमण ह्वात्तै बढ्यो, काठमाडौं उपत्याका पनि दुवै सङ्क्रमणको हटस्पट बन्दै

हैजा र डेंगुको सङ्क्रमण ह्वात्तै बढ्यो, काठमाडौं उपत्याका पनि दुवै सङ्क्रमणको हटस्पट बन्दै

काठमाडौँ । पछिल्लो समय हैजा र डेंगुको सङ्क्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुको सङ्क्रमणको कारण एक जनाको मृत्यु भईसकेको छ भने २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ  हो ।

यसैगरी देशभर ३० जनामा हैजा देखिएको महाशाखाले जनाएको छ । हैजा र डेंगुको सङ्क्रमण काठमाडौँ उपत्यका पनि ब्यापक रुपमा फैलिएको छ । बताईए अनुसार ललितपुरमा १०, कैलालीमा ८, काठमाडौँमा एक र प्युठानमा २ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको छ भने डेंगुको सङ्क्रमण काठमाडौंमा पनि ब्यापक रुपमा फैलिएको छ ।

देशभरका ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको र त्यस मध्ये सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या काठमाडौँ जिल्लामा रहेको बताईएको छ । महाशाखाका अनुसनार काठमाडौँमा मात्रै २८७ जनामा डेंगु सङ्क्रमण फैलिएको पाईएको छ ।

 

विश्व