काठमाडौं । गायककार प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना शनिबार राति ९ बजे तिर ललितपुर महानगरपालिका आदिनाथ मार्ग स्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।
अहिले उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ ।
गायन प्रतियोगिता ‘नेपाली तारा’बाट उदाएका गायक तिमिल्सि ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू गाएर चर्चित भएका थिए ।