मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज विशेष कार्यक्रमका साथ मनाइँदै

कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज विशेष कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज विशेष कार्यक्रमका साथ मनाइँदैछ । कुशे औंसीको दिन आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरघरमा भित्राईने गरिन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहेकोछ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने तर अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

आज आफ्ना बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने बाबु हुनेले आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन रहेको छ ।

उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगमा पर्ने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने गर्दछ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लागेको छ ।

 

विश्व