सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

जीवन र उत्पत्ती उदगममा वेदान्त र विज्ञान वीचको सम्वाद विषयक प्रथम अन्तराष्टिय सम्मेलन यही आउँदो मंसिर ८ र ९ गते काठमाडौं हुँदै

जीवन र उत्पत्ती उदगममा वेदान्त र विज्ञान वीचको सम्वाद विषयक प्रथम अन्तराष्टिय सम्मेलन यही आउँदो मंसिर ८ र ९ गते काठमाडौं हुँदै

 

काठमाडौं । जीवन र उत्पत्ती उदगममा वेदान्त र विज्ञान वीचको सम्वाद विषयक प्रथम अन्तराष्टिय सम्मेलन यही आउँदो मंसिर ८ र ९ गते काठमाडौंको काँडाघारी स्थित अक्षरा स्कुल हुनेभएकोछ ।

आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभा र सनातन अध्ययन तथा अनुसन्धान प्रतिस्ठान नेपालको आयोजनामा हुन गईरहेको उक्त सम्मेलनमा नेपाल, भारत, अमेरिका लगायत बिभिन्न देशका १५ जना प्रतिष्ठित आध्यात्मिक गुरु र वैज्ञानिकहरुले किनोट स्पिच एवम् कार्यपत्र पेश गनुहुने कार्यक्रम रहको छ ।

सम्मेलन आयोजनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पनि विशेष सहयोग रहको सनातन अध्ययन तथा अनुसन्धान प्रतिस्ठानका अध्यक्ष प्रा डा मोहन खरेलले जानकारी गराउनुभएको छ । उहाँका अनुसार उक्त सम्मेलनमा सम्वद्ध विज्ञहरु सहित करिव ३०० जनाको सहभागीता रहने अनुमान गरिएको छ ।

वैज्ञानिक तथ्यका र अनुसन्धानका आधारमा अध्यात्मलाई विज्ञानसंग जोडेर अध्यात्म प्रति जिज्ञासु जमातलाई पूर्विय दर्शनप्रतिको लगावलाई अझ बढाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको आयोजकको भनाई छ । आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालका अनुसार यस सम्मेलनले भौतिक जगतको सुख क्षणिक रहने तर आध्यात्मिक सुख कहिल्यै नमेटिने शाश्वत सत्यको जागरण गरी नेपाललाई अध्यात्मको अन्तराष्टिय केन्द्र बनाउन योगदान गर्ने बताउनुभएको छ ।

हिन्दु धर्म र संस्कारको बैज्ञानिक आधारका बिषयमा यस अघि पनि साईन्स एण्ड साईन्टिस्ट अन्तराष्टिय सम्मेलन गरिएको थियो ।

उक्त सम्मेलनमा सन्त महाराज डा भक्तिनिस्काम विजानन, सन्हिताशास्त्री अर्जुन बास्तोला, डा जयप्रकाश अग्रवाल, प्रा डा मोहन प्रसाद खरेल, प्रा डा रजनी मल्ल, प्रा डा रामेश्वर अधिकरी, सहप्राध्यापक डा गोपीचन्द्र काफ्ले, सह प्राध्यापक डा निर्मलमणि धिकारी, सहप्राध्यापक डा चित्र बहादुर बानियाँ, उपप्राध्यापक डा दिपेन्द्र पराजुली, र डा जनार्दन ढुङ्गानाले कार्यपत्र पेश गर्ने गर्नुहुने स्वामी नेपालले जानाकारी गराउनु भयो ।

 

विश्व