काठमाडौं । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ ।
भरखर सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको संचार माध्यमहरुले जनाएका छन् । जापानमा एलडीपी लामो समयदेखि सत्तामा रहेको थियो ।
बहुमतका लागि जापानमा २३३ सिट आवश्यक रहने भएपनि प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमितोले २०९ सिट मात्र जितेको छ । यसअघि एलडीपी गठबन्धनले २७९ जितेर सरकार बनाएको थियो । जापानको तल्लो सदनको सिट संख्या ४६५ रहेको छ ।