बिहिबार, फाल्गुन २१, २०८२
Thursday, March 5, 2026

लघुवित्त कम्पनीको मुनाफा वितरणमा सहज गर्नेगरी नयाँ नीति ल्याइदै

लघुवित्त कम्पनीको मुनाफा वितरणमा  सहज गर्नेगरी नयाँ नीति ल्याइदै

काठमाडौं । नेपाल रास्ट्रबैंकले लघुवित्त कम्पनीको मुनाफा वितरणमा सहज गर्नेगरी नयाँ नीति ल्याउने भएको छ। लघुवित्त कम्पनीलाई मुनाफा वितरणमा सहज हुनेगरी यहि जेठको पहिलो साताभित्र नयाँ नीति ल्याउ लागिएको रास्ट्रबैंक श्रोताले बताएको छ।

नेपाल रास्ट्रबैंक श्रोतका अनुसार लघिवित्त कम्पनीहरुलाइ मुनाफा वितरणमा लगाइएको १५ प्रतिशातको क्याप खारेज गर्ने, मुनाफा वृद्धिमा सहजता पुर्याउनु रिजर्भमा लगाइएको सिमामा सहज बनाउने लगायतका बिषयहरु समावेश गरेर नयाँ नीति ल्याउन थालिएको छ।

यश अघि लघुवित्तका लागि कर्जाको ब्याजदरमा १५ प्रतिशतको सीमालाई हटाइ कर्जाको ब्याजदर आधार दरसङग आवद्ध गरिए पछी लघुवित्त कम्पनीहरुले राहत महसुस गरेका थिए ।

नेपाल रास्ट्रबैंकले त्यस अघि जारी गरेको एकीकृत निर्देशनबाट पहिलेको ब्यवस्थाललाइ सच्चाइ बैंकलाई जस्तै अन्य वित्तीय सस्था र लघुवित्त कम्पनिहरुलाइ पनि कर्जाको प्रोभिजन दरमा १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारिएको थियो। सो ब्यवस्थाले लघुवित्त कम्पनी हरुलाइ दोहोरो राहत मिलेको थियो ।

विश्व