परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
त्यस अवसरमा मन्त्री डा राणाले विमस्टेकका उद्देश्य र सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्याउनुभएको थियो ।
सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आउनुभएका उहाँले आज यहाँ मन्त्री डा राणासँग सो साइडलाइन भेट गर्नुभएको हो ।
साथै बिमस्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा पनि कुराकानी भएको थियो ।
त्यसैगरी परराष्ट्र मन्त्री डा राणासँग किर्गीस्थानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज नै शिष्टाचार भेटवार्ता गर्नुभयो ।
सगरमाथा संवादका लागि नेपालमा रहनुभएकी निदाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा सो शिष्टाचार भेटवार्ता गर्नुभएको हो । सो भेटकाक्रममा मन्त्री डा राणाले उहाँलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गनुृभएको थियो ।
साथै सो भेटमा किर्गीस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युतलगायतका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा पनि कुराकानी भएको थियो ।
३ जेठ, २०८२