बिहिबार, फाल्गुन २१, २०८२
Thursday, March 5, 2026

एनआरएनए क्यानडाको अध्यक्ष पदमा चन्द्रा अधिकारीको उम्मेदवारी घोषणा 

एनआरएनए क्यानडाको अध्यक्ष पदमा चन्द्रा अधिकारीको उम्मेदवारी घोषणा 

 

टोरन्टो, क्यानडा — आगामी कार्यकालका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्ष पदमा चन्द्रा अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेकि छन। अधिकारीले संस्थागत सुदृढीकरण, नेपाली समुदायको हित र सामाजिक सेवामा आधारित स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै आफ्नो उम्मेदवारीको औचित्य सार्वजनिक गरेकि छन्।

अधिकारीले अध्यक्ष पदमा उठ्नुका मुख्य कारणहरूलाई यसप्रकार उल्लेख गरेकी छन्स्

संस्थामा एकता र सुदृढीकरण — क्यानडामा रहेका सम्पूर्ण नेपालीहरूको हक र हितको सुरक्षा गर्न तथा एनआरएनए क्यानडालाई एकजुट र प्रभावकारी संस्था बनाउने उद्देश्यले।

सामुदायिक विकास परियोजना सञ्चालन — क्यानडाको संघीय तथा प्रान्तीय सरकारसँग सहकार्य गरी नेपाली समुदाय लक्षित विभिन्न विकास कार्यक्रमहरू अगाडि बढाउने योजना।

भाषा, संस्कृति र पहिचानको संरक्षण — क्यानडामा नेपाली भाषा, संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्दै विद्यार्थी लगायत सम्पूर्ण नेपालीहरूको समस्याहरू समाधान गर्न पहल गर्ने प्रतिबद्धता।

अधिकारीले विगत २) वर्षदेखि नेपाल र क्यानडामा अविरल रूपमा समाज सेवा गर्दै आएको अनुभवलाई आफ्नो पहिचानका रूपमा उल्लेख गरेका छन्। उनको भनाइमा, “एनआरएनए क्यानडाको अध्यक्ष पदमा मेरो उम्मेदवारी समाजसेवाकै निरन्तरता हो।”

साथै अध्यक्ष पदको उम्मेदवार अधिकारिले एनआरएनए क्यानडाका सम्पूर्ण पंजीकृत सदस्यहरूसँग दृढ साथ, सहयोग र अमूल्य मतका लागि विनम्र अनुरोध गर्दै आभार प्रकट गरेकि छन।

विश्व