काठमाडौं । नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरीय जापानी स्किन केयर, कस्मेटिक र हेल्थ केयर उत्पादनहरू उपलब्ध गराउन भाटभटेनी सुपरमार्केट र ‘होमा’ (Homa) बीच रणनीतिक सहकार्य सुरु भएको छ । होक्काईदो बिजनेस ग्रुप नेपाल अन्तर्गतको होमाले सन् २०२३ देखि आधिकारिक रूपमा जापानी उत्पादनहरू नेपाली बजारमा भित्र्याउँदै आएको छ।
यस सहकार्यसँगै अबदेखि होमाद्वारा आयातित सम्पूर्ण जापानी उत्पादनहरू भाटभटेनीका प्रमुख शाखाहरूमा उपलब्ध हुनेछन् ।
सात स्थानबाट सेवा र जनचेतना
हाल भाटभटेनीका कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगंज, कोटेश्वर र टोखा गरी सातवटा आउटलेटहरूबाट आधिकारिक बिक्री वितरण सुरु गरिएको छ। बिक्रीसँगै जापानी उत्पादनको गुणस्तर र यसले छालाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जनचेतनामुलक सन्देश प्रवाह गर्ने लक्ष्य कम्पनीले राखेको छ।
२० दिने विशेष प्रवद्र्धन कार्यक्रम र अफरहरू
चैत्र १० गतेदेखि २० दिनका लागि सुरु गरिएको यस विशेष कार्यक्रममा ग्राहकहरूका लागि उत्साहजनक अफरहरू सार्वजनिक गरिएको छ:
भाग्यशाली उपहार: सहभागीमध्ये १४ जना भाग्यशाली ग्राहकले जनही रु. ५ हजार बराबरको होमाका उत्पादनहरू जित्न सक्नुहुनेछ ।
निश्चित उपहार: सहभागी हुने हरेक ग्राहकले होमाका उत्पादनमा प्रयोग गर्न सकिने २० प्रतिशत छुट को गिफ्ट भौचर प्राप्त गर्नुहुनेछ।
ब्रान्डेड उपहार: एससेलेक्ट, टि थ्रि र जेटोक्क किड्स जस्ता प्रिमियम ब्रान्डका उत्पादनहरू उपहार स्वरूप प्राप्त गर्न सकिनेछ।
खरिदमा बोनस: भाटभटेनीमा होमाका उत्पादनहरू खरिद गर्दा प्रत्येक ३ हजार रुपैयाँको खरिदमा १ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त हुनेछ। यो भौचर डेकाईडो (बुढानिलकण्ठ) मा खाना खाँदा वा होमाका अन्य सामग्री खरिद गर्दा प्रयोग गर्न सकिनेछ।
यी अफरहरूको लाभ लिन ग्राहकहरूले भाटभटेनीमा रहेका होमा सेन्टर वा कस्टमर सर्भिस डेस्कमा सम्पर्क राख्नुपर्नेछ।
गुणस्तर र रोजगारीको लक्ष्य
“नेपाली ग्राहकलाई जापानी उत्पादनको गुणस्तरीयताको अनुभूति दिलाउनु हाम्रो पहिलो लक्ष्य हो,” कम्पनीका अध्यक्ष अर्जुन अधिकारी भन्नुहुन्छ । उहाँका अनुसार लामो समय जापान बस्दा त्यहाँका उत्पादनले स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव देखेर नै नेपालमा यी प्रिमियम उत्पादन ल्याइएको हो ।
अधिकारी थप्नुहुन्छ, “होमा केवल आयातकर्ता मात्र बन्ने छैन, भविष्यमा नेपालमै जापानी ब्रान्डका उत्पादनहरू तयार गरी निर्यात गर्ने र हजारौँको संख्यामा रोजगारी सिर्जना गर्ने हाम्रो दीर्घकालीन योजना छ। यो सहकार्य त्यसैको एउटा सुरुवात हो।”
२० दिनसम्म चल्ने यो सचेतनामुलक तथा प्रवद्र्धनात्मक कार्यक्रमले जापानी हेल्थ एण्ड ब्युटी केयर उत्पादनप्रति नेपाली उपभोक्ताको विश्वास र चासो अझ बढ्ने अपेक्षा गरिएको छ।